बैँक / वित्त

हिमालयन बैङ्कका ग्राहकले पनि पाउने भए ‘डलर कार्ड’

HBL Prepaid

१७ चैत, काठमाडौं । हिमालयन बैङ्क लिमिटेडले अन्तराष्ट्रिय भुक्तानी प्रयोजनका लागि ‘डलर प्रिपेड कार्ड’ सुविधा ल्याएको छ । यस सुविधा अन्तर्गत हिमालयन बैङ्कका खातावालाहरुले प्रति वर्षमा अमेरिकी डलर पाँच सयसम्मको प्रिपेड कार्ड सुविधा प्राप्त गर्न सक्नेछन् ।

यस कार्ड सुविधाबाट खातावालाहरुले भारत बाहेक अन्य देशहरुको ई–कर्मस साइटहरुबाट वर्षमा एक पटक वा पटक–पटक गरी अमेरिकी डलर पाँच सय बराबरसम्मको वस्तु तथा सेवा खरिद गरी अनलाइन भुक्तानी गर्न सक्नेछन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस