समाचार

मुलपानीमा ढिस्कोले पुरिएर एकजनाको मृत्यु

Death Body

१७ चैत, काठमाडौं । काठमाडौंको मूलपानीमा घरको जग खन्दा ढिस्कोले पुरिएर मजदूरको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखाको जिरी नगरपालिका–२ घर भएका २० वर्षीय इन्द्र श्रेष्ठ छन् ।

भिरालो जमिनमा घरको जग खन्दा ढिस्को खसेर श्रेष्ठको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) प्रमेश विष्टले जानकारी दिए । ढिस्कोले पुरिएर ३५ वर्षीय धनबहादुर मगर घाइते भएका छन् ।

उनको टाउकोमा चोट लागेको छ । धनबहादुरको शंकरापुर अस्पतालमा उपचार भइरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस