
१७ चैत, काठमाडौं । यामाहा नेपालले नयाँ वर्ष २०७८ को लागि आफ्नो प्रवर्द्धनात्मक फ्रिडम इनिसिएटेड (एफआई) नयाँ वर्ष २०७८ योजना अघि ल्याएको छ । यामाहा नेपालले यस योजनामा सहभागी प्रत्येक भाग्यशाली विजेतालाई बम्पर पुरस्कार वापत २०.७८ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ ।
साथै स्क्य्राच कार्ड मार्फत् ग्राहकहरुले २.०७८ लाख रूपैयाँसम्मका सयौं पुरस्कारहरू हरेक हप्ता हात पार्न सक्नेछन् । ग्राहकवर्गहरुलाई थप सुविधा दिने उद्देश्यका साथ यामाहा नेपालले उत्कृष्ट वित्तीय योजना पनि प्रस्तुत गरेको जनाएको छ । जस अनुसार मोटर साइकल तथा स्कूटरहरु ० प्रतिशत ब्याज वा न्यून डाउन पेमेन्ट र न्यून ई.एम.आई.सुविधाका साथ पाउन सकिने यामाहा नेपालले जनाएको छ ।
नयाँ वर्षका प्रवर्द्धनात्मक योजनाका बारेमा जानकारी दिंदै यामाहा नेपालको सिइओ चिरञ्जिवी शाहले भने, “कोभिडले हामी सबैलाई २०७७ अत्यन्त कठिन तथा संकुचित वातावरण बनाइदिएको थियो । बितेको त्यो वर्षको कटु अनुभवलाई थाँती राखी हामी अब आउने नयाँ वर्ष २०७८ मा उत्साह र खुसियाली लिएर आउने अपेक्षा गरेका छौं ।
सोही अपेक्षालाई दृष्टिगत गरेर हामीले जुन योजना अघि सारिरहेका छौं, त्यसले हाम्रा आदरणीय ग्राहकहरुमा थप खुसियाली ल्याउने तथा वर्ष २०७८ मा स्वतन्त्रताको पहललाई नेतृत्व गर्ने अपेक्षा गरेका छौं । हाम्रा सवारी साधनका दायराहरु आधुनिकरण गर्दै, एफआई प्रविधि जडित छन् । हाम्रा उत्पादन तथा उपहार योजनाबाट धेरै भन्दा धेरै ग्राहकहरुले फाइदा लिनहुने छ भन्ने हामीलाई विश्वास छ ।”