मुख्य समाचार

लहान मालपोतमा बम बिष्फोट गराउने २ आरोपी पेस्तोलसहित पक्राउ

siraha arrest

१७ चैत, काठमाडौं । सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विष्फोट गराएको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको सुखीपुर नगरपालिका–५ घर भएका रामरिझन यादव र लक्ष्मीपुर पतारी–३ घर भएका अभिमन्यु गिरी छन् ।

गत चैत १ गते मालपोत कार्यालयको पहिलो तलामा भएको बम विस्फोटमा ८ जना घाइते भएका थिए । प्रेसर कुकर बम विस्फोटमा परी कार्यालयमा समेत क्षति पुगेको छ । बम विस्फोटको जिम्मा घटनाकै दिन तराई जनतान्त्रिक मुक्तिमोर्चा गोइत समूहले लिएको थियो । घटनास्थलमा समेत उक्त समूहको पर्चा फेला परेको थियो ।

बम विस्फोट अध्यक्ष जयकृष्ण गोइतकै निर्देशनमा भएको पाइएको छ । पक्राउ परेका यादवले आरके भन्ने रामकुमार यादवले फागुन २६ गते ठाडी भन्ने स्थानमा आफूलाई प्रेसरकुकर बम दिएको र मालपोत कार्यालयमा पड्काउन लगाएको बताएका छन् । पटक पटक चेतावनी दिँदा पनि मालपोत कार्यालयमा विकृति नसुध्रिएको भन्दै बम पड्काएको उक्त समूहले जनाएको छ ।

रामरिझन २०७४ चैत ९ गते विकास ज्वलर्समा भएको बम बिस्फोटमा जिल्ला अदालत सिरहाबाट १ लाख धरौटीमा छुटेका थिए । विराटनगर उपमहानगरपालिकामा २०७५ साउन ३१ गते भएको बम विस्फोटको मुद्दामा पनि ३५ हजार रुपैयाँ धरौटीमा छुटेका थिए ।

गिरी ५ वर्षदेखि उक्त समूहका कार्यरत रहेको र चन्दा असुलिमा समेत संलग्न रहेको पाइएको प्रदेश नं २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले बताए । गिरी र यादवको साथबाट प्रहरीले कटुवा पेस्तोल १/१ र त्यसको गोलि २/२ थान बरामद गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *