मुख्य समाचार

पूर्वराजा ज्ञानेन्द्रको सुरक्षा कटौती, ४० मध्ये २४ सुरक्षाकर्मी फिर्ता

Gyanendra Shah

१७ चैत, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र राजपरिवारका सदस्यको सुरक्षामा खटिएका ४० जना मध्य २४ जना सशस्त्र प्रहरीलाई आज फिर्ता बोलाइएको छ ।

अतिविशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी कार्यविधि, २०७७ अनुसार मापदण्डविपरीत रहेका सुरक्षाकर्मीहरुलाई फिर्ता बोलाइएको हो । पूर्वराजपरिवारको सुरक्षामा ४० जना सशस्त्र प्रहरी तैनाथ थिए । अब १६ जनामात्रै हुनेछन् ।

उनको सुरक्षामा रहने १६ जनाको कमाण्ड सशस्त्रका डीएसपीले गर्नेछन् । यसअघि अन्य अतिविशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षामा खटाइएका सुरक्षाकर्मी पनि फिर्ता भइसकेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस