कर्पोरेट

आज राति ८ बजेदेखि ‘मेरो सेयर’को सेवा अवरुद्ध !

mero share server down

१७ चैत, काठमाडौं । डिजिटल सेयर कारोबारको अनलाइन प्ल्याटफर्म ‘मेरो सेयर’ को सेवा केहि समयका लागि अवरुद्ध हुने भएको छ । मेरो शेयरमा सेवाग्राहीको चाप बढेसँगै विभिन्न प्राविधिक समस्याहरु देखिएकाले सोको समाधानका लागि आकस्मिक रुपमा थप सर्भरहरु जडान गर्नुपर्ने र सो सर्भर जडान गरि डाटा माइग्रेसन समेत गर्नुपर्ने भएकाले केहीबेर सेवा अवरुद्ध हुने सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ । कम्पनीकाअनुसार सेवा आज राति ८ बजेदेखि केहीबेर अवरुद्ध हुनेछ ।

यद्यपि मेरो सेयरको सेवा अवरुद्ध हुँदा गत मिति २०७७/१२/१६ गते कारोबार भई २०७७/१२/१८ गते राफसाफ तथा फर्छ्यौट हुनुपर्ने कारोबारको ई–डीआईएस प्रविष्टि गर्ने समय २०७७/१२/१८ गते बिहान १० बजेसम्म कायम गरिएको कम्पनीले जनाएको छ । आफ्नो सेवा अवरुद्ध हुँदा सेवाग्राहीहरुमा पर्न जाने असुविधाप्रति क्षमा माग्दै कम्पनीले जतिसक्दो छिटो सेवा सुचारु गर्ने जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *