समाचार

भारतीय सेनाद्वारा कोरोना खोप हस्तान्तरण

corona vaccine

१७ चैत, काठमाडौं । भारतीय सेनाद्वारा नेपाली सेनालाई एक लाख कोभिड–१९ विरुद्धको खोप उपहारस्वरुप हस्तान्तरण गरेको छ । गत जनवरीमा ‘खोप मैत्री’ कार्यक्रम अन्तर्गत नेपाललाई दश लाख कोभिड–१९ विरुद्धको खोप प्रदान गरेपश्चात् फेरि पनि भारतीय सेनाले नेपाली सेनालाई थप एक लाख कोभिड–१९ विरुद्धको कोभिशिल्ड खोप उपहारस्वरुप प्रदान गरेको हो ।

भारतले अबलम्बन गरेको ‘छिमेकी पहिलो’ नीति अनुरुप भारतीय सेनाका सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेले आफ्ना नेपाली समकक्षी जनरल पूर्णचन्द्र थापालाई टुडिखेलस्थित नेपाली सेनाको मुख्यालय जंगी अड्डामा आयोजित एक समारोहका बीच भिडियो कन्फरेन्स मार्फत उक्त खोप प्रदान गरेका हुन् ।

भारतको पुणेस्थित सिरम इन्टिच्यूटबाट एयर इण्डिया विमान मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार ल्याइएको उक्त खोप नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले नेपाली सेनालाई हस्तान्तरण गरेका हुन् ।

गत नोभेम्बरमा भएको नेपाल भ्रमणका क्रममा जनरल नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको पदवी प्रदान गरिएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस