बलिउड / हलिउड

‘दंगल गर्ल’ फातिमा लाई कोरोना पुष्टि !

fatima sana shaikh

१७ चैत, काठमाडौं । ‘दंगल गर्ल’ अभिनेत्री फातिमा सना शेख कोरोना संक्रमित भएकी छन् । उनले आफ्नो इन्स्टाग्राममा एक स्टोरी शेयर गर्दै आफु कोरोना संक्रमित भएको जानकारी दिएकी हुन् ।

उनले लेखेकी छन्, ‘मेरो कोभिड १९ को टेष्ट रिपोर्ट पोजेटिभ आएको छ । अहिले सबै सावधानी पालना गरेर घरमै क्वारेन्टिनमा छु । तपाईको चिन्ता तथा प्रार्थनाको लागि धन्यवाद । सुरक्षित रहनुहोस् साथीहरु ।’

कामको कुरो गर्ने हो भने फतिमा अभिनेता अनिल कपुरसँग एक फिल्मको सुटिङमा ब्यस्त रहेकी छन् । फिल्मको बारेमा अहिले धेरै जानकारी सार्वजनिक गरिएको छैन । उनी पछिल्लो समय फिल्म ‘लुडो’ मा देखिएकी थिइन् ।

फिल्ममा उनको अपोजिट भूमिकामा राजकुमार राव रहेका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *