समाचार

संस्कृतिविद जोशीको नाममा विद्यालय स्थापना हुने

satyamohan

१७ चैत, काठमाडौं । सरकारले संस्कृतिविद् सत्यमोहन जोशीको नाममा विद्यालय स्थापना गर्ने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जोशीको नाममा विद्यालय स्थापना गर्ने चाहना व्यक्त गरेको सन्देश दिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ ललितपुरस्थित जोशी निवास पुगेका थिए । मन्त्री श्रेष्ठले संस्कृतिविद् जोशीको नाममा सामुदायिक विद्यालय खोल्ने तयारी थाल्न र जोशीले चाहेकै स्थानमा विद्यालय स्थापना गर्न सरकारले पहल गरेको बताए ।

‘राष्ट्रपतिले संस्कृतिविद् जोशीको स्वाथ्य अवस्थाबारे जानकारी लिन र उहाँको नाममा विद्यालय स्थापना गर्न चाहना व्यक्त गरेपछि राष्ट्रपतिको सन्देश लिएर म नेपालका जीवित इतिहास बोकेका संस्कृविद् जोशीको निवासमा आएको हुँ,’ जोशीको निवासमा आयोजित कार्यक्रममा श्रेष्ठले भने । उक्त विद्यालय नेपालकै नमूना र सामुदायिक विद्यालयको उत्कृष्ट सूचीमा पर्ने श्रेष्ठले बताए ।

विद्यालय निर्माणको लागि आगामी आर्थिक वर्षमा बजेट छुट्याइने समेत मन्त्री श्रेष्ठले जानकारी दिए । सो विद्यालयको नाम सत्यमोहन जोशी माध्यमिक विद्यालय राखिने उनको भनाइ थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस