मुख्य समाचार

‘मेरो भाइले अपराध गर्यो’ भन्दै १०० मा दिदीको फोन

gadi chalak

१८ चैत, काठमाडौं । एकै गाउँका तीन युवक एकै ट्र्याक्टरमा काम गर्थे । चैत ५ गते दिनभर खोलाकिनारमा ढुंगा, बालुवाको काम गरे । साँझ ट्र्याक्टरमा चालकलाई बीच पारी दायाँ–बायाँ दुई सहचालक बसे । उनीहरू ढुंगा, बालुवा भरिएको ट्र्याक्टर लिएर गल्याङ नगरपालिका–८ बग्रान्तीतर्फ लागे ।

ट्र्याक्टर गुडिरहेकै बेला एक सहचालक १९ वर्षे गणेश गाहा भुइँमा खसेर घाइते भए । त्यसपछि चालकले ट्र्याक्टर फर्काए । घाइते अवस्थामा रहेका गाहालाई ट्र्याक्टरमै राखेर कालीगण्डकी नदीको साखरघाट पुर्‍याए । तब चालकले काँधमा हालेर लगे अनि नदीको बहावसँगै बगाइदिएको पाइएको प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए । त्यही घटनाका एक आरोपित व्यक्ति हुन्, सहचालक २१ वर्षे सुनील राना । उक्त घटना सुनाएपछि दिदीले नै उनलाई प्रहरीमा पुर्‍याएका थिइन् ।

घटनापछि राना चालक २४ वर्षे अमित परियारको घरमा बसेका थिए । परियार भोलिपल्ट बिहानै बुटवलमा ससुरालीको घरतर्फ लागे । राना भने पाल्पास्थित दिदीको घरमा पुगे । त्यहाँ बस्दै गर्दा उनलाई उकुसमुकुस भयो । अन्ततः उनले दिदी देवी घिमिरेलाई घटनाको वास्तविकता सुनाए । उनले दिदीलाई भने, ‘मेरो सहायताले चालक अमित परियारले काँधमा बोकेर लगी अस्ति राति घाइते गणेशलाई कालीगण्डकी नदीमा फालिदिए ।’

उनी घटना सुनेर झस्किइन् । गाहालाई भाइसरह सम्झिइन् । यस्तो घटना लुकाउन हँुदैन भन्ने ठानेर उनले प्रहरीको १०० नम्बरमा फोन गरेर जानकारी दिइन् । त्यसपछि भाइलाई लिएरै प्रहरी चौकीमा पुगिन् । भाइले गरेको गल्तीको कानुनी उपचार पाउनुपर्छ भन्दै उनी अघि बढिन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस