कर्पोरेट

बुद्ध एयरले भैरहवा र नेपालगंजमा थप्यो उडान, अब भैरहवामा दैनिक ९ तथा नेपालगञ्जमा ५ उडान

Bhairahawa Nepalgunj buddha air

१८ चैत, काठमाडौं । बुटवल नारायणघाट सडक खण्डको विस्तारका कारण वाटो थोरबहुत असहज भएको छ ।

हवाई यात्रालाई थप सहज र सजिलोका लागि बुद्ध एयरले भैरहवा तथा नेपालगञ्जमा थप १ उडान विस्तार गर्न लागेको छ । यससँगै भैरहवामा दैनिक ९ तथा नेपालगञ्जमा ५ उडान हुने प्रेस विज्ञप्तिमा जनाएको छ ।

यसैगरि केही साताभित्रै धनगढीमा पनि थप १ उडान भर्ने कम्पनीले जनाएको छ । बुद्ध एयरले केही समय अगाडी मात्रै एटीआर-७२ जहाज थप गरेको थियो । यसैगरि आउँदो मे महिनामा अर्को एटीआर-७२ जहाज पनि थप्ने बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले बताएका छन् । जहाज थपिएसँगै ९ वटा एटीआर-७२, तीनवटा एटीआर-४२ र २ वटा विचक्राफ्ट गरि १४ जहाज बुद्ध एयरसँग रहेको छ ।

बुद्ध एयरले अहिले भद्रपुर, तुम्लिङटार, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा उडान गरिरहेको छ । यी बाहेक पोखराबाट भैरहवा र चितवनको उडान र काठमाडौं, पोखराबाट माउण्टेन फ्लाईट पनि गरिरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस