मुख्य समाचार

महोत्तरीबाट बेपत्ता भएका ७ जना किशोरी भारतमा फेला (अपडेट)

balika fela

१८ चैत, काठमाडौं । महोत्तरीको भंगहा नगरपालिका–८, धरमपुरमा मंगलबार घाँस काट्न जाँदा बेपत्ता भएका ७ जना भारतमा फेला परेका छन् । प्रदेश २ प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले उनीहरु भारतको सीतामढीमा फेला परेको जानकारी दिए ।

बेपत्ता भएकाहरुको अभिभावक  र प्रहरी टोली त्यहाँ पुगेको बताउँदै उनले नेपाल ल्याउने काम भइरहेको बताए । उनीहरुलाई भारतीय प्रहरीको सहयोगमा खोजबिन गर्दा फेला परेका हुन् ।

मंगलबार दिउँसो घाँस काट्न गएका बेला सम्पर्कविहीन बनेका स्थानीय ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सीमा पासवान,  १२ वर्षीया रञ्जना पासवान,  १३ वर्षीया ज्योति पासवान, १३ वर्षीया रिया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान भारतमा भेटिएका हुन् । उनीहरु मंगलबार बेलुका अबेरसम्म घर नफर्किएपनि स्थानीयवासीले प्रहरीमा खबर गरेका थिए ।

सम्पर्कविहीन भइ हाल भारतमा भेटिएकाहरुमा स्थानीय १८ वर्षीय अस्मिता पासवान, १३ वर्षीय ज्योति पासवान, १५ वर्षीय रिया पासवान, अर्चना पासवान, १८ वर्षीय नगिना पासवान, १० वर्षीय रंजना पासवान र १० वर्षीय सीमा पासवान रहेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *