समाचार

काठमाडौंको बालाजुमा एक करोड लागतमा सूचना केन्द्र निर्माण हुँदै

balaju

१८ चैत, काठमाडौं । काठमाडौंको बालाजुमा सूचना केन्द्र निर्माण हुने भएको छ । महानगरपालिकाको स्वामित्वमा रहेको बालाजुको कित्ता नम्बर ९९ र १२५ मा सूचना केन्द्र निर्माण हुने भएको हो ।

करीब एक करोड लागतमा बालाजु बाईपासमा सुविधा सम्पन्न सार्वजनिक शौचालय सहितको सूचना केन्द्र निर्माणको सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले संयुक्त रुपमा शिलान्यास गरेका छन् ।

बाईपासमा निर्माण हुने सुचना केन्द्रले उत्तरी क्षेत्रबाट हुने आवागमनको लगत राख्ने मन्त्री मानन्धरले जानकारी दिएका छन् । सूचना केन्द्रबाट बालाजुबाट बाहिरिँदा पुगिने ठाउँ र भित्र आउँदा आवश्यक पर्ने सेवा प्राप्त हुने ठाउँका बारेमा जानकारी दिइनेछ ।

‘काठमाडौंबाट बालाजु नाकाहुँदै बाहिरिने र भित्रिने सवारीको अभिलेखीकरण राख्ने, यातायातबारे सुचना राख्ने र सर्वसाधारणलाई काठमाडौंबारे जानकारी दिने उदेश्यले सूचना केन्द्रको निर्माण गर्ने तयारी गरेका हौँ,’ मन्त्री मानन्धरले भने, ‘बाइपासलाई विवादित बनाउने प्रयास भएपनि अहिले जनताको जित भएको छ । सार्वजनिक जग्गा संरक्षण गर्नु सरकारको दायित्व हो । सार्वजनिक सम्पतिको संरक्षणमा सरकार सचेत छ ।’

मन्त्री मानन्धरले ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न उपत्यकाका विभिन्न स्थानमा सरकारले अत्याधुनिक सुविधासहितका यस्ता केन्द्र स्थापना गर्ने लक्ष्य लिएको पनि जानकारी दिए । ‘राजधानीको फोहर व्यवस्थापनमा महानगरसँग नेपाल सरकारले सहकार्य गर्छ,’ उनेले भने, ‘उपत्यकामा खानेपानी र फोहरको समस्या अब चाँडै दीर्घकालिन रुपमा समाधान हुनेछ ।’

कार्यक्रमलाई सम्वोध गर्दै काठमाडौं महानगरपालिकाका प्रमुख शाक्यले सूचना केन्द्रको निर्माणले राजधानीबाट ल्याण्डफिल्ड साइट जाने फोहरका गाडीको लागत राख्न सहयोग पुग्ने अपेक्षा रहेको बताए ।

कार्यक्रममा वडा–१६ का अध्यक्ष मुकुन्द रिजालले महानगरका थुप्रै ठाउँमा यपप्रकारका सूचना केन्द्र र सार्वजनिक शौचालय स्थापना गर्न आवश्यक रहेको बताए । सूचना केन्द्रको निर्माण कार्य उपभोक्ता समितिमार्फत भइरहेको छ । महानगरपालिकाको ९५ लाख ६० हजार र उपभोक्ताले १० लाख ६० हजार व्यहोर्ने उपभोक्ता समितिमा अध्यक्ष हरिओम मानन्धर र सचिव समिर भण्डारीले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *