बैँक / वित्त

कुमारी बैंकद्वारा डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्धन गर्न उपाय सिटी कार्गोसँग सहकार्य

kumari bank digital

१८ चैत, काठमाडौं । नगदमा आधारित कारोबार/भुक्तानीलाई नगदरहित बनाउने उद्देश्यले कुमारी बैंकले उपाय सिटी कार्गो प्राइभेट लिमिटेडसँग सहकार्य गरेको छ ।

सहकार्य सम्बन्धि सम्झौतामा बैंकका संचालक समितिका अध्यक्ष अमिर प्रताप राणा, सिटी कार्गोका अध्यक्ष सुमन रायमाझी, एफवान सफ्ट इन्टरनेशनलका विश्वास ढकाल र यूके एड अन्तर्गतको सीपका नेपाल प्रमुख बल्जित बोहरालगातका प्रतिनिधी बीच हस्ताक्षर भएको थियो ।

उपाय सिटी कार्गोसँग आबद्ध पिक–उप ड्राइभर पार्टनरहरुलाई क्यू.आर.कोड तथा डिजिटल भुक्तानी प्रणालीमा आबद्ध गराई यसको प्रशिक्षण दिएर अनौपचारिक ढंगले संचालित ढुवानी व्यवसायलाई अझ व्यवस्थित र भरपर्दो बनाउने कुमारी बैंक र उपाय सिटी कार्गोको मूल उद्देश्य रहेको कम्पनीले जनाएको छ ।

यस सहकार्य अन्तर्गत कुमारी बैंकले उपायका ड्राइभर पार्टनरहरुलाई सुविधाका साथै सहुलियत कर्जा, जीवन बिमा, न्यूनतम डाउन पेमेन्ट र ईएमआई पेमेन्ट अप्सन लगायतका थप सेवासुविधाहरु प्रदान गर्ने भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *