समाचार

करिडोरमा हुने जाम हटाउन ट्राफिक प्रहरीको छुट्टै टिम परिचालन

Traffic CMT

१८ चैत, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको कोरिडर सडक व्यवस्थापनको लागि छुट्टै ट्राफिक प्रहरी टोली खटाउने भएको छ । महाशाखाले आज एक कार्यक्रमका वीच कोरिडोर सडक व्यवस्थापन टोली – CMT (Corridor Management Team) परिचालन गरेको छ ।

महाशाखाको निरन्तर समन्वय एवं पहलमा निर्माण भई संचालनमा रहेका उपत्यकाको मुख्य कोरिडोरहरु विष्णुमति, वाग्मती, धोविखोला र मनोहरा कोरिडोरको प्रभावकारी व्यवस्थापन गरी अधिकतम प्रयोगमा ल्याउन योजना लागु गरेको हो । आजदेखी करिडोरलाई चौबिस खण्डमा बिभाजित गरि कोरिडोर क्लियरेन्सको लागी १७ टोली गठन गरि परिचालन गरेको छ । टोलीको पहिचानको लागी “Traffic Police – CMT” लेखिएको प्लोरोसेण्ट ज्याकेट लगाएर आफनो जिम्मेवार करिडोर सडकमा मोटरसाईकलमा निरन्तर अनुगमन गर्नेछ ।

महाशाखाले कोरिडोर सडकहरुमा हुने सवारी चाप व्यवस्थापन, सवारी दुर्घटनामा शिघ्र ट्राफिक परिचालन तथा अब्यबस्थित रुपमा हुने पार्किङलाई नियन्त्रण गर्ने मुख्य उद्देश्य सहित छुट्टै डेडिकेटेड टिम परिचालन गरेको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए । ‘करिडोर व्यवस्थापन गर्न सकेमा मुख्य सडकको जाम घटाउन सकिन्छ’ एसएसपी भट्टराईले भने ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *