सेयर मार्केट

सेयरमा फर्किँदै रौनक, ४ कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो

stock market

१८ चैत, काठमाडौं । बुधबार सेयर बजार यस अघिको उच्च बिन्दु नजिक पुगेको छ । बजार २६ बिन्दु नाघेको छ । २६१९.०२ बिन्दुले बढेर यसअघिको उच्च बिन्दु नजिक पुगेको हो । सेयर बजारको उच्च बिन्दु २६४० थियो । ४३.३६ अंकले बढेको बजारमा ६ अर्ब १६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

यस दिन बैंकिङ समूहले नै नेप्से माथि बढाउन टेवा पुगेको हो । सो समूह ४० अंकले बढेको छ । ब्यापार बाहेकका सबै समूह बढेका छन् । सो समूह ९८ अंकले घट्यो । होटल तथा पर्यटन ६३, विकास बैंक ४२, जलविद्युत ३३, फाइनान्स ९, निर्जीवन बीमा ३४९, उत्पादन ३१, अन्य २५, माइक्रोफाइनान्स २७, जीवन बीमा १६७ र लगानी समूह १ अंकले बढे ।

यस दिन ४ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । महिला लघुवित्त वित्तीय संस्था, अजोड इन्स्योरेन्स, ओमी माइक्रोफाइनान्स र सानिमा जनरल इन्स्योरेन्सको मूल्य १० प्रतिशतले बढेको छ । सो मूल्य वृद्धिपछि महिलाको प्रतिकित्ता ६६२, अजोडको ९३८, ओमीको १२४७ र सानिमा जनरलको ७७६ रुपैयाँ कायम भयो ।

रैराङ हाइड्रोपावर, बोटलर्स नेपाल र युनाइटेड इदी मर्दीको मूल्य ३ प्रतिशतभन्दा धेरैले घट्यो । कारोबारका आधारमा यस दिन जलविद्युत लगानी तथा विकास कम्पनी अग्रस्थानमा रह्यो । सो कम्पनीको ३६ करोड रुपैयाँ बराबरको कारोबार भयो । कम्पनीले हकप्रद जारी गर्ने भएकाले मूल्य समेत ८.८ प्रतिशतले बढेको छ ।

कारोबारका आधारमा माथिल्लो तामाकोसी, नेपाल इन्फ्रास्ट्रक्चर र नबिल बैंक क्रमश अगाडि रहे ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस