कर्पोरेट

सिटिजन्स बैंक​द्वारा डलर कार्डको सुरुवात

citizen bank usd ecom card

१८ चैत, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले यूएसडी ई–कम (डलर कार्ड) कार्डको सुरुवात गरेको छ । नेपाल राष्ट्र बैंकले हालै जारी गरेको अन्तर्राष्ट्रिय प्रिपेड कार्ड सम्बन्धी परिपत्र अनुसार बैंक​ले सो सुविधा प्रदान गर्न लागेको हो ।

यो सुविधा अन्र्तगत ग्राहकहरुले आफ्नो सिटिजन्स बैंक​को खातामा रहेको नेपाली रुपैयाँलाई सटही गरी एकै पटक वा पटकपटक गरी बार्षिक ५०० अमेरिकी डलर बराबरसम्मको रकम कार्डमा लोड गर्न बैंक समक्ष अनुरोध गर्न सकिनेछ ।

यूएसडी ई–कम कार्ड प्रयोग गर्न चाहने ग्राहकहरुले आफ्नो खातामा ग्राहक पहिचान विवरण अद्यावधिक गरेको एवं प्यान कार्ड लिएको हुनुपर्ने छ । यस अन्र्तगत ग्राहकहरुले नेपाल र भारत बाहेकका देशहरुबाट अनलाइन मार्फत वस्तु तथा सेवा खरिद बापतको भुक्तानी गर्न यो कार्ड प्रयोग गर्न सक्नुहुनेछ । यो कार्ड प्रयोग गरी एटीएमबाट नगद झिक्न तथा पीओएसमार्फत कारोबार गर्न भने पाइने छैन ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस