
१८ चैत, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी पहिलो महिला आयुक्त डा.सावित्री गुरुङको विदाई गरिएको छ । बुधवार टंगालस्थित आयोगको केन्द्रिय कार्यालयमा आयोजित समारोहमा प्रमुख आयुक्त प्रेम कुमार राईले उनलाई विदाई गरेका हुन् ।
डा. गुरुङ २०७१ चैत १९ मा नियुक्त भएकी थिइन् । अवकाशसँगै उनी २०६४ पछि ६ वर्षे कार्यकाल पूरा गरेर अवकाशमा जाने पहिलो आयुक्त बनेकी हुन् । उनको अवकाशसँगै आयोगमा दुई आयुक्तको पद खाली हुने भएको छ ।
यसअघि हालका प्रमुख आयुक्त राईलाई संवैधानिक परिषद्ले नियुक्त गरेपछि कार्यवाहक प्रमुख डा. गणेशराज जोशीले राजीनामा दिएका थिए ।
प्रतिक्रिया दिनुहोस