
१८ चैत, काठमाडौं । चीनले नेपाललाई अनुदान सहयोगमा दिएको कोरोना विरुद्धको भेरोसेल खोप ४० देखि ५९ वर्ष उमेर समूहलाई पनि लगाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४० देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई खोप दिने तयारी गरेको मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।
यद्यपि, खोप कहिलेदेखि लगाउने भन्ने मिति भने तय भैसकेको छैन । राष्ट्रिय खोप सल्लाहाकार समितिको परामर्शपछि चीनबाट अनुदानमा उपलब्ध भएको खोपबारे थप निर्णय लिइने समेत गौतमले बताए ।
नेपालमा अहिलेसम्म १६ लाख जनाले कोभिसिल्ड खोप लगाइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस