
१८ चैत, काठमाडौं । नेपाल आइडल प्रतियोगी गायक रवि ओड र गायिका समीक्षा अधिकारीको स्वर रहेको गीत ‘पाउडर किरिममा’ सार्वजनिक भएको छ ।
कृष्ण केसीको शब्द तथा संगीत रहेको गीतको एरेन्ज सुनिल परियारले गरेका हुन् । गीतको भिडियोमा भने भने पुष्प खड्का, रवि ओड, प्रियंका आचार्य र सम्झना खत्रीको अभिनय देख्न सकिन्छ ।
मौसम हिमालको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा नवराज उप्रेतीको छायाँकन, विकास ज्ञवालीको सम्पादन रहेको छ ।
प्रतिक्रिया दिनुहोस