मुख्य समाचार

भारतको राजस्थानबाट धुलोसहितको प्रदूषित वायु नेपाल भित्रियो

air pollution ktm

१९ चैत, काठमाडौं । बुधबार बिहान आकाश खुलेपछि  प्रदूषण घट्ने आशा पलाएको थियो तर अपराह्नतिरबाटै फेरि तुवाँलो बढेको छ ।

यो अवस्था अझै केही दिन रहने मौसमविद्ले जनाएका  छन् । भारतको राजस्थानबाट धुलो सहितको प्रदूषित वायु नेपाल भित्रिसकेकाले बिहीबार देखि काठमाडौंसहित विभिन्न क्षेत्रको जनजीवन थप प्रभावित हुने मौसम पूर्वानुमान  महाशाखाले जनाएको छ ।

डढेलो पूरै नियन्त्रणमा नआएकाले वायुमा धुलो र धुवाँ थपिने क्रम जारी छ । मौसमविद्  शान्ति कँडेलले भनिन्, “आज कम भयो भनेर खुसी हुने अवस्था देखिँदैन, बिहीबार देखि उस्तै गाढा प्रदूषणले आकाश ढाकिने छ ।” यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस