सुनचाँदी

सुनको मूल्य तोलामा ९ सयले बढ्यो

gold shop

१९ चैत, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा ९०० रुपैयाँ बढेर तोलामा ८६ हजार ५०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजाबी सुन तोलामा ८६ हजार ५० रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा ११९५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार बढेर तोलामा १२१० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस