बलिउड / हलिउड

रजनीकान्तलाई ‘दादा साहेब फाल्के अवार्ड’

rajnikant

१९ चैत, काठमाडौं । दक्षिण भारतीय फिल्मका सुपरस्टार रजनीकान्तलाई ‘दादा साहेब फाल्के अवार्ड’ दिइने भएको छ । केन्द्रीय मन्त्री प्रकाश जावडेकरले एक प्रेस मिटमा उक्त अवार्डको घोषणा गरेका हुन् ।

मन्त्री जावडेकरले प्रेम मिटमा भने ‘हामीलाई खुसी लागेको छ । देशको सबै भागका फिल्मकर्मी, निर्माता, निर्देशक, गायक, संगीकार सबैलाई समय समयमा ‘दादा साहेब फाल्के अवार्ड’ मिलेको छ । अहिले यो बर्षको अवार्ड महानायक रजनीकान्तलाई घोषणा गर्दा मलाई धेरै खुसी लागेको छ ।’ पत्रकार सम्बेलनमा मन्त्री जावडेकरले रजनीकान्तले विगत पाँच दशकदेखि फिल्मको संसारमा राज गरेको समेत बताएका छन् ।

अवार्डको निर्णायकमा आशा भोंसले, मोहनलाल, विश्वजीत चटर्जी, शंकर महादेवन र सुभाष घई रहेका थिए । उनीहरुले सर्वसम्मतिमा रजनीकान्तको नाम सिफारिश गरेका हुन् । अभिनेता रजनीकान्तले एकसेएक फिलम अभिनय गरेका छन् । दरबार, २.०, द रोबोट, त्यागी, चालबाज, अन्धा कानुन, कबाली,  खुनका कर्ज, दोस्ती दुस्मनीलगायत थुप्रै हिट फिल्म रहेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस