कर्पोरेट

डिशहोमको नयाँ ‘खुशीको उडान’: बैंकक जाने यस्तो छ मौका

dishhome khusi ko offer

१९ चैत, काठमाडौं । डिशहोमले नेपालीहरुको विभिन्न उत्सवहरूलाई मध्यनजर गर्दै ‘खुशीको उडान’ योजना सुरु गरेको छ । आफ्ना सक्रिय ग्राहकहरुलाई अझ गुणस्तरीय सेवा दिने लक्ष्यका साथ यस योजना अघि सारिएको हो । यस योजनाले हरेक सक्रिय ग्राहकहरुलाई हरेक बिहीबार खास उत्साह र खुशी प्रदान गर्नेछ ।

यस योजना अन्तर्गत हरेक हप्ताको बिहीबार हुने लक्की ड्र बाट दुई भाग्यशाली जोडीहरूले बैंककको भ्रमण गर्न सक्नेछन् । लक्की ड्रमा सहभागिता जनाउनुलाई  ग्राहकहरुले आफ्नो सदस्यतालाई डिशहोमका डिलरहरु मार्फत फन्ड ट्रान्सफरबाट टप अप गर्नु पर्नेछ । साथै ई–वालेट एप र रिचार्ज कार्डहरूबाट रिचार्ज गरेर पनि ग्राहकहरू यस योजनामा सहभागी हुन सक्नेछन् ।

लक्की ड्रको घोषणा हरेक बिहीबार हुनेछ । लक्की ड्रको विजेताहरूको घोषणा ग्राहकहरुको सेटअप बक्समा भएको सीएएस आईडीको आधारमा गरिनेछ । लक्की ड्रको सुरुवात चैत २६ देखि हुनेछ भने डिशहोमका रियालिटी टिभी, रमाइलो टिभी, सरोकार टिभी र डिशहोम सोकेस च्यानलहरूमा हरेक बिहीबार पाँच बजे प्रत्यक्ष प्रसारण पनि गरिने डिशहोमले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *