मुख्य समाचार

नेकपा विवादमा सर्वोच्चद्वारा निस्सा दिन अस्वीकार, पहिलेकै फैसला सदर

Supreme Court

१९ चैत, काठमाडौं । सर्वोच्च अदालतले नेकपा विवाद बारेको पुनरावलोकन निवेदनमा निस्सा दिन अस्वीकार गरेको छ । अदालतले पहिलेकै फैसला सदर पनि गरेको छ ।

तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बन्धी सर्वोच्च अदालतको फैसलाबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको पुनरावलोकन निवेदनमाथी सुनुवाईका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पूर्ण इजलास गठन गरेका थिए ।

त्यसको सुनुवाइको लागि इजलासमा राणासहित न्यायाधीशद्वय तेजबहादुर केसी र प्रकाश ढुंगाना रहेका छन् ।

गत फागुन २३ गते एमाले र माओवादी केन्द्रलाई पूर्ववत् रुपमा फर्काउने सर्वोच्चको फैसला पुनरावलोकनका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलवार निवेदन दर्ता गराएका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस