
१९ चैत, काठमाडौं । प्रभु क्यापिटल लिमिटेडको आयोजनामा बिहीवार त्रिभुवन विश्वविद्यालय अन्तरगतको सेन्ट्रल डिपार्टमेन्ट अफ म्यानेजमेन्टमा एमबिए तथा एमबिएममा अध्ययनरत विद्यार्थीहरुको लागि शेयर बजार सम्बन्धि तीन दिने प्राविधिक विश्लेषण वर्कसप तथा तालिम सम्पन्न भएको छ ।
कार्यक्रम २०७७ चैत्र १७ गते शुरु भएको कार्यक्रम चैत्र १९ गते सम्म ३ दिन चलेको थियो । सो वर्कसप तथा तालिम कार्यक्रममा त्रिभुवन विश्वविद्यालय सेन्ट्रल डिपार्टमेन्ट अफ म्यानेजमेन्ट अन्तर्गत एमबीए तथा एमबीएममा अध्ययनरत करिब ६० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत शेयर सचेतना अभिवृद्धिका लागि प्रभु क्यापिटलले विभिन्न संस्थाहरूसँगको सहकार्यमा सेयरबजार सँग सम्बन्धित वर्कसप तथा तालिम कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस