सेयर मार्केट

 सातको अन्तिम कारोबार दिन सेयर बजारमा सवा सात अर्बको कारोबार

share market nepal

१९ चैत, काठमाडौं । सातको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार बढेर बन्द भएको छ । बुधबार २६१९.०३ अंकमा बन्द भएको नेप्से आज १२.८८ अंकले वृद्धि भएर २६३१.९० अंकमा बन्द भएको छ ।

आज ७ अर्ब २५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । होटल्स तथा पर्यटन बाहेक सबै समूह, जीवन बीमा समूह, लगानी समूह, म्युचुअल फण्ड बाहेक सबै समूहमा बढोत्तरी छ । होटल्स तथा पर्यटन समूह ७७.२२ अंकले घटेको छ भने जीवन बिमा समूहतर्फ ५६.६६ अंकको गिरावट छ । म्यूचुअल फण्ड ०.०३ अंक र  लगानी समूह १.०९ अंकले घटेको छ ।

सान्जेन जलविद्युत कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यसको सेयर मूल्य ३ सय ८५ रुपैयाँ पुगेको छ । दोस्रो बढी सेयर मूल्य बढ्नेमा युनाइटेड फाइनान्स परेको छ । यसको सेयर मूल्य ४ सय २० रुपैयाँ छ ।

चन्द्रागिरीको सेयर मूल्य ७० रुपैयाँले घटेर २ हजार ५० रुपैयाँ कायम भएको छ । नेपाल पूर्वाधार बैंकको ५ सय ९२ रुपैयाँ प्रतिकित्ता सेयर छ । बिहिबार अपर तामाकोशीको सेयर कारोबार सबैभन्दा बढी भएको छ । २९ करोड ५६ लाख ३५ हजार ८ सय २ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *