
१९ चैत, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता तथा सांसद नारायणकाजी श्रेष्ठले अदालतले देशको समग्र परिवर्तन र राजनीतिलाई गलत दिशामा धकेल्न खोजेको टिप्पणी गरेका छन् । अध्यक्ष पुष्पकमल दाहालले गत फागुन २३ गतेको फैसलाका पूनरावलोकन गर्न माग गर्दै हालेको निवेदनमा पूनरावलोकन नगर्ने भनि गरेको निर्णयपछि नेता श्रेष्ठको यस्तो भनाई आएको हो ।
‘सर्वोच्च अदालतले २०७७/११/२३ मा हाम्रो पार्टीको सम्बन्धमा गरेको आदेशको पुनरावलोकन नगर्ने भनी आज गरेको निर्णय पहिलेको आदेश झैं राजनीतिक कदमकै निरन्तरताको अर्को कडी हो,’ श्रेष्ठले ट्वीट गर्दै भनेका छन्, ‘यो गलत निर्णयप्रति हाम्रो तीव्र असहमति छ। अदालतले देशको समग्र परिवर्तन र राजनीतिलाई गलत दिशामा धकेल्न खोज्दैछ, जागौं ।’
प्रतिक्रिया दिनुहोस