मुख्य समाचार

पछिल्लो २४ घण्टामा थपिए १५२ संक्रमित, ६५ संक्रमण मुक्त

coronavirus

१९ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा १५२ जना कोभिड–१९ संक्रमित थपिएका छन् । चार हजार २१३ जनामा पीसीआर परीक्षण गरिएकोमा १५२ जनाको नतिजा पोजेटिभ आएको हो ।

योसँगै नेपालमा संक्रमितको संख्या २ लाख ७७ हजार ४६१ पुगेको छ । २४ घण्टामा ६५ जना संक्रमण मुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै देशमा कोरोना मुक्त हुनेको संख्या २ लाख ७२ हजार ८५१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । नेपालमा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ३ हजार ३१ पुगेको छ । हाल क्वारेन्टिनमा ६३ जना छन् भने आइसोलेसनमा १ हजार ५७९ जना रहेको मन्त्रालयले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस