अर्थनीति

अब दैनिक २० केजीसम्मको सुन आयात गर्न पाइने !

nrb bank

१९ चैत, काठमाडौं । अबदेखि २० केजीसम्मको सुन आयात गर्न पाइने व्यवस्था हुने भएको छ । नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र २०७६ लाई संशोधन गर्दै सुन आयातको कोटा बढाएको जनाएको छ । दैनिक २० केजीसम्मको सुन आयातको व्यवस्था गर्न राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई परिपत्र गरेको छ ।

कोटा कम हुँदा बजारमा सुनको अभाव भएको भन्दै व्यवसायीले राष्ट्र बैंकका गभर्नरदेखि अर्थमन्त्री, उद्योगमन्त्री लगायतलाई भेटेर आयातको कोटा बढाउन माग गर्दै आएका थिए । माग अनुसारको सुन आपूर्ति गर्न नसकेपछि व्यवसायीहरु ग्राहक आउँदा लुक्न थालेका छन् । अहिले बजारमा दैनिक २५ देखि ३० किलो सम्म सुनको माग छ । तर आयात दैनिक १० केजी हुँदै आएको छ ।

लकडाउन अघि सामान्य समयमा दैनिक २० किलो र लगनको समयमा दैनिक २५ किलो सुन आउने गरेको थियो । विदेशी मुद्रा सञ्चितीमा चाप परेको भन्दै गत चैत १६ गतेको मन्त्रिपरिषदको बैठकले दैनिक २० किलोबाट सुन आयातको कोटा घटाएको थियो ।

अर्थतन्त्रमा भार परेको निष्कर्ष सहित सरकारले विलासी वस्तुको आयातमा अंकुश लगाएको थियो । ५० हजार डलर भन्दा माथिको गाडी आयात समेत सो समयमा प्रतिवन्ध लगाइयो ।  तर पछि गाडी आयातको विषय फुकुवा गरिएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस