कर्पोरेट

यती एअरलाइन्सको बोडिङपास अब ग्यापु र एक्सलट्रीपको क्यास भौचर पनि

yeti and gyapu

१९ चैत, काठमाडौं । नेपालकै पहिलो ओटीए प्लाटफर्म एक्सलट्रिप र लोकप्रिय नेपाली इ कमर्स ग्यापुले यती एअरलाइन्ससँग व्यापार साझेदारी गरेका छन् । यस साझेदारी सँगै यती एअरलाइन्सका यात्रुले एक्सलट्रिप र ग्यापुमा विशेष छुट प्राप्त गर्ने बताइएको छ ।

यती एअरलाइन्सको बोर्डिङ पास अब बोर्डिङ पास मात्र नभएर ग्यापु र एक्सलट्रिपको क्यास भौचर पनि हुने ग्यापु र एक्सलट्रिपका संस्थापक ज्ञानेन्द्र खड्काले जानकारी दिए । यती एअरलाइन्सको हरेक बोर्डिङ पासमा ग्यापु मार्केटप्लेसको सय रुपैयाँको भौचर कोड र एक्सलट्रिपको २ सय रुपैयाँको भौचर कोड उपलब्ध हुने यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्ताैलाले बताए ।

अप्रिल महिनामा ग्यापुको वार्षिक उत्सव र नेपाली नयाँ वर्ष समेत रहेकोले सोही भौचर प्रयोग गर्दा ग्यापुमा २ सय र एक्सलट्रिपमा ३ सयको छुट पाइने बताइएको छ । साथै यती एअरलाइन्सको स्काइ क्लबमा आबद्ध २ लाख बढी यात्रुले एक वर्षभरि असीमित पटक प्रयोग गर्न मिल्ने ग्यापुको २ सयको र एक्सलट्रिपको ३ सयको सपिङ भौचर प्राप्त गर्ने खड्काले बताए ।

यती एअरलाइन्स चढ्ने सबै यात्रुले प्राप्त गर्ने बोर्डिङ पासमा उक्त भौचर कोड हुने बताइएको छ । भौचर साथीभाइ आफन्तलाई समेत गिफ्ट गर्न सकिने र भौचरको कोड प्रयोग गरी छुटमा सपिङ गर्ने मध्ये प्रत्येक दिन एक जनाले ग्यापु र एक्सलट्रीप बाट उपहार पाउने खड्काले बताए । सन् १९९८ देखि आन्तरिक हवाई सेवा दिँदै आएको यती एअरलाइन्सले ग्यापु र एक्सलट्रिप सँग सहकार्य गर्न पाएकोमा यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले खुसी व्यक्त गरे ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *