गण्डकी प्रदेश

माछा मार्न बम बनाउँदा बिस्फोट, दुई जना घाइते

bomb balast

१९ चैत, बाग्लुङ । माछा मार्ने प्रयोजनका लागि बम बनाउँदै गर्दा दुई जना घाइते भएका छन् । बागलुङको बडिगाड गाउँपालिका–२ सिमलचौरका वर्ष ३१ का मित्रबहादुर राना र हाडिखोलाका वर्ष २८ का अरुण पुन घाइते भएका हुन् ।

उनीहरुको उपचारको लागि पाल्पा पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरले जानकारी दिए । स्थानीय दुर्गाबहादुर भुजेलको घरमा बम बनाइरहेको समयमा बम पड्किएको थियो ।

घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । घटनास्थलबाट बम बनाउन प्रयोग गरिएको डेटोनेटर, सुतली तथा सलाइ लगाएतका सामग्री प्रहरीले बरामद गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस