मुख्य समाचार

अनिर्णयको कालो बादलले लोकतन्त्रमाथि अनिष्ट हुने खतरा छ : रामचन्द्र पौडेल

ramchandra paudel

१९ चैत, काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले देश, लोकतन्त्रलाई जोखिममा पार्ने तथा पहिचान र संस्कार मेटाउने काम भएको बताएका छन् ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य स्व नवीन्द्रराज जोशीको सातौँ दिनको पुण्यतिथिमा देवघाटमा आज आयोजित अस्तु विसर्जन एवं श्रद्धाञ्जलि समारोहलाई सम्बोधन गर्दै उनले अहिलेको अनिश्चितताको कालो बादलका कारण देश कहाँ जान्छ भन्ने भन्न नसकिने अवस्थामा पुगेको धारणा व्यक्त गरे । उनले भने – ‘देशमा अहिले अनिर्णयको कालो बादल छाइरहेको छ । लोकतन्त्रमाथि अनिष्ट हुने खतरा छ ।’

अहिले देश, लोकतन्त्रलाई जोखिममा पार्ने तथा पहिचान र संस्कार मेटाउने काम भएको बताए । उनले देशमा जोशी जस्ता योग्य र इमान्दार नेताको खाँचो रहेको बताउदै भने – ‘जोशी एक योग्य र इमान्दार नेता हुनुहुन्थ्यो । अब यस्ता नेताको पूर्ति कसरी गर्ने ।’

कांग्रेसले एक कुशल नेता गुमाएका बताउदै उनले नेता जोशीले देश र जनतालाई आफूभन्दा माथि राख्दै काम गरेको बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस