कर्पोरेट

गोदरेज होम एप्लाएन्सले ल्यायो नयाँ वर्षको अफर, पाउनस १८ हजासम्मको तुरुन्तै क्यासब्याक

Godrej

गोदरेज होम एप्लाएन्स नेपालले नयाँ वर्ष २०७८ को अवसरमा क्यासब्याक अफर लिएर आउँदैछ । कम्पनीले रेफ्रिजेरेटर, वासिङ्ग मेशिन, माइक्रोवेभ ओभन, चेस्ट फ्रिजर, एयर कुलर, भाइरोसिल्ड, आदिको खरिदमा क्यासब्याक अफर ल्याएको हो ।

नयाँ वर्षको उपलक्ष्यमा ग्राहकहरुले यहि चैत्र ११ देखि गोदरज होम एप्लाएन्सका सामानहरु खरिद गर्दा १८ हजारसम्मको क्यासब्याक तुरुन्तै पाउन सक्नुहुनेछ । जस अन्तर्गत ग्राहकहरुले १० वर्षको वारेन्टी भएको रेफ्रिजेरेटरको खरिदमा १७ हजार ९ सयसम्मको क्यासब्याक, ५ वर्षको वारेन्टी भएको चेस्ट फ्रिजरमा १८ हजारसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

यसैगरी, १० वर्षको वारेन्टी भएको वासिङ्ग मेशिनमा १३ हजार १ सयसम्मको क्यासब्याक र एक्स्ट्रा वासिङ्ग पाउडर सित्तैमा, माईक्रोवेभ ओभनमा ६ हजार ९ सयसम्मको क्यासब्याक, एयर कुलरमा ३ हजार ५ सयसम्मको क्यासब्याक र केही समयअघि मात्रै नेपाली बजारमा ल्याइएको कोभिड–१९ तथा अन्य रोग सार्ने किटाणुको ९९% भन्दा बढी विसंक्रमीकरण गर्ने युभीसी टेक्नोलोजीबाट निर्मित भाइरोसिल्डको खरिदमा ३ हजार ७सयसम्मको क्यासब्याक पाइने कम्पनीले जानकारी गराएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *