१९ चैत, काठमाडौं । शाओमीले आफ्नो रेडमी नोट श्रृंखलाको १०औं जेनेरेसन नेपालमा आज सार्वजनिक गरेको छ ।
नवप्रवर्तनको सीमालाई अगाडि बढाउँदै बेस्ट–इन–क्लास सुविधाहरु सहित ब्रान्डले रेडमी नोट १० प्रस्तुत गरेको हो । रेडमी नोट १० एक ताजा ईभोल डिजाइन र नवीनतम टेक्नोलोजिकल एड्भान्समेन्टहरु जस्तै: ४८ एमपी क्यामेरा, ६० हट्र्ज एमोलेड डिस्प्ले, क्वालकम स्न्यापड्रागज ६७८ प्रोसेसरका साथ उपलब्ध छ ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले पहिलो रेडमी नोटको शुरु भएदेखि नै नोट श्रृंखलाले आफ्नो श्रेणीमा केही उच्च मापदण्ड राख्दै आएको बताए । उनले भने, ‘हाम्रा उपकरणहरु मध्ये प्रिमिएम मूल्य क्षेत्रमा डि–फयाक्टो विकल्पको रुपमा परिणत भएका छन् । रेडमी नोट श्रृंखलाको हाम्रो १०औं जेनेरेसनको लन्चका साथ हामी टेक्नोलोजीको हरेक अंश जस्तै क्यामेरा, डिस्प्ले र प्रदर्शनलाई लिएर यस भागमा एक सुपरचाज्र्ड उपकरणलाई जोडेर परिवर्तन ल्याउँदैछौैं ।’
रेडमी नोट १०– द न्यू च्याम्प टेन एन
रेडमी नोट १० रेडमी नोट १० श्रृंखलाको एक स्मार्टफोन भएको र अलराउन्ड च्याम्पियन भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो स्मार्टफोनले स्पेक्स र सुविधाहरुमा सन्तुलित र शक्तिशाली सयोजन प्रदान गर्दछ जसले प्रर्दशन अनुपातमा एक अमिल्दो मूल्य प्रदान गर्दछ । डिस्प्ले १८० हर्टज स्याम्पलिङ्ग रेटको साथ आउँछ जसले फोनको असाधरण प्रदर्शन क्षमताहरुलाई थप मजबुत बनाउँछ ।
इभोल डिजाइन
रेडमी नोट १० सबै इभोल डिजाइनको साथ उपलब्ध रहेको शाओमीले जनाएको छ । यसमा इमर्सिभ ध्वनि अनुभवका लागि हाई–रेस प्रमाणित स्टिरियो स्पिकरहरु र राम्रो अनि स्मुथ हेप्टिक्सको लागि जेड्–एक्सिस भाइबे्रशन मोटर पनि रहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार उपकरणलाई आकस्मिक झर्नबाट जोगाउन उपकरण कोर्निङ गोरिल्ला ग्लास थ्रीद्वारा सुरक्षित गरिएको, सुरक्षित अनलकका लागि उपकरणमा साइड–माउन्टेट फिङ्गरप्रिन्ट स्क्यानरको सुविधा रहेको र जुन डबल–ट्याप जेश्चरहरु र एआई फेस अनलकका साथ सञ्चालित रहेको तथा यसमा आईआर ब्लास्टर र ३ं.५ एम्एम् ज्याक पनि उपलब्ध रहेको छ ।
कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘क्वालकम स्न्यापड्रागन ६७८ युएफएस २ं.२ स्टोरेजको साथ रेडमी नोट १० पहिलो स्मार्टफोन हो जसले क्वालकम स्न्यापड्रागन ६७८ प्रोसेसर ल्याएको छ जसमा यो ८ एक्स क्रयो ४६० क्लक्ड एट अप टु २.२ गेगाहर्जद्वारा सञ्चालित रहेको छ । जसले अधिक क्षमताको साथ द्रूतगति प्रदान गर्दछ । उपकरणले स्न्यापड्रागन एड्रेनो ६१२ ग्राफिक्स चिपसेट र १२८ जीबी युएफएस २ं.२ स्टोरेजसम्मको ६ जीबी एलपीडीडीआरफोरएक्स र्याम पनि प्रदान गर्दछ ।’
४८ एमपी क्वाड–क्यामरा सेटअप
कम्पनीका अनुसार रेडमी नोट १०, ४८ एमपीको सोनी आईएमएक्स ५८२ सेन्सरको साथ आउँछ जसलाई क्वाड क्यामेरा सेटअपका साथ मिलाइन्छ र जसले गर्दा कम प्रकाश अवस्थाहरुमा सुटिङ्ग गर्दा राम्रो परिणाम प्रदान गर्दछ । कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘४८ एमपी सेन्सर एक ८ एमपी अल्ट्रा–वाइड एन्गल लेन्स, एक टु एमपी गहिराइ भएको सेन्सर र एक टु एमपी म्याक्रो सेन्सरका साथ जोडिएको छ । जसले प्रयोगकर्ताहरुलाई म्याक्रो फोटोग्राफीका लागि मद्दत पुर्याउँछ । अगाडि एक १३ एमपी क्यामेरा पनि छ जसले क्रिस्प्स र सार्प सेल्फी क्लिक गर्दछ ।’
५००० एमएएच ब्याट्री ३३ वाट द्रुत चार्जिङको साथमा
ठूलो ५००० एमएएच ब्याट्री र ३३ वाट चार्जर–इन–बक्सको साथमा रेडमी नोट १० शून्य देखि ६७ प्रतिशतसम्म ३० मिनेटमै चार्ज हुने कम्पनीको दावी छ । कम्पनीका अनुसार थप रुपमा यो ०.६६ मिलिमिटर पातलो र रेडमी नोट ९ भन्दा २०.२ ग्राम हलुका रहेको र जसले यो स्मार्टफोनलाई एकल हाते प्रयोगको लागि एक आदर्श बनाएको छ ।
धुलो र पानी पस्नबाट बचाउन रेडमी नोट १० आईपी ५२ रेटिङका साथ उपलब्ध रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यसमा सर्ज प्रोटेक्सन,स्मार्टफोनको दीर्घायू सुनिश्चित गर्न कोर्रोसन प्रतिरोधी पोर्ट र रबरयुक्त पोर्ट पनि प्रदान गरिएको छ ।
रंगहरुः
रेडमी नोट १० फ्रस्ट व्हाइट, एक्वा ग्रीन र स्याडो ब्ल्याक कलर भेरियन्टमा उपलब्ध रहेको छ र नेपालमा अनलाइन र अफलाइन स्टोरहरुमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
रेडमी नोट १० को मूल्य :
– ४ जीबी +६४ जीबी रु. २१,९९९/-
– ४ जीबी : १२८ जीबी रु. २२,९९९/-
– ६ जीबी : १२८ जीबी रु. २४,९९९/-