१९ चैत, काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आत्मसमीक्षा गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई आग्रह गरेका छन् । नेकपामा हुँदा विग्रहकारी प्रवृत्ति र गतिविधि बेरोकटोक बढिरहेका बेला एकतालाई बचाउन धेरैले गरेको आग्रहलाई सम्झिँदै आत्मसमीक्षा गर्न आग्रह गरेका हुन् ।
‘नेकपा रहेकै अवस्थामा विग्रहकारी प्रवृत्ति र गतिविधि बेरोकटोक बढिरहेका बेला पार्टी एकतालाई बचाउन थुप्रै साथीहरूले गर्नुभएको अनुनय विनयलाई सम्झँदै अब त आत्मसमीक्षा गर्न थाल्नुस्– माधव नेपाल र प्रचण्ड कमरेडहरू !’ उनले भनेका छन् ।
प्रतिक्रिया दिनुहोस