समाचार

वर्षाले प्रदूषणमा सुधार तर अझै अस्वस्थकर

air pollution kathkndu

२० चैत, काठमाडौं । झण्डै एक साता धुवाँ र धुलोको तुवाँलोले ढाकिएको राजधानीले बुधबारको वर्षासँगै केही राहत पाएको छ । जनस्वास्थ्यका लागि घातक मानिने स्तरमा उक्लेको प्रदूषणको पारो घटेको छ । तर पनि वायु प्रदूषण अस्वस्थकर तहमै रहेको छ ।

राजधानीको भैँसेपाटीमा गत साता वायु प्रदूषण सूचकांक ४ सयमाथि उक्लेकोमा बिहीबार दिउँसो राजधानीका विभिन्न स्थानमा जडान गरिएका अधिकांश वायु प्रदूषण मापक स्टेसनले काठमाडौँको वायुको गुणस्तर १६० को हाराहारीमा झरेको देखाए । वायु प्रदूषणको मात्रा नाप्ने इन्डेक्स १५० देखि २०० सम्म रहेको अवस्थालाई जनस्वास्थ्यमा पर्ने प्रभावका हिसाबले अस्वस्थकर मानिन्छ ।

बुधबार साँझ परेको पानीले वायुमण्डलमा रहेका घातक प्रदूषणका कणलाई केही हदसम्म सफा गरेका कारण राजधानीले तुलनात्मक हिसाबले राहत पाएको हो । बुधबार राजधानीमा ९.८ मिलिमिटर वर्षा भएको थियो । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार तुवाँलोका कारण गत शुक्रबार वायुमण्डलको भिजिबिलिटीको मात्रा १ किलोमिटर रहेकोमा बिहीबार बढेर सात किलोमिटर पुगेको थियो । आजको नागरिक दैनिकमा समाचार छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *