मुख्य समाचार

तलाक माग्दा एसिड: आधा शरीर जल्यो, आँखा कामै नलाग्ने

acid attack

२० चैत, काठमाडौं । श्रीमान्को झैंझगडा गर्ने बानीबाट दिक्क भएर २१ वर्षीया आरती साहले अघिल्लो वर्ष फागुनमै तलाक मागिन् । मुद्दा लिएर अदालत पनि गइन् । कोरोना महामारीका कारण लकडाउन भयो र मुद्दा अघि बढ्न सकेन । तर, उनका श्रीमान् सञ्जीवकुमार साह एक्कासि कात्तिक २९ गते बिहान जानकीनगरस्थित डेरामा आइपुगे । तब आरतीको शरीरमा एसिड छ्यापेर भागे ।

एसिडले आरतीको आधा शरीर जल्यो । एउटा आँखा कामै नलाग्ने भयो । मुख, हात र घाँटीमा गहिरो घाउ लाग्यो । उनलाई अहिले असह्य पीडा छ । औषधि, राम्रो उपचार र पौष्टिक खानपानको आवश्यकता छ । तर, आर्थिक विपन्नताका कारण तीन वर्षकी छोरी रियासहित छाक टार्नै धौधौ देखिएको छ ।

तीन महिनाभन्दा बढी उपचारपछि जनकपुर फर्किएकी आरतीलाई चिकित्सकले निरन्तर औषधोपचारको आवश्यकता रहेको बताएका छन् । तर, गरिबीले ग्रस्त उनको परिवारले उपचारलाई निरन्तरता दिन सक्ने अवस्था देखिँदैन ।

‘उनको उपचार, खानपान र रेखदेखमा लाखौं रुपैयाँ खर्चेर अहिले ऋणमा डुबेको छु’, बुवा सुबोधले भने, ‘अहिले भाडाको घरमा दुई हजार रुपैयाँ छुट्टै तिरेर छोरी र नातिनीलाई राखेको छु । त्यसमाथि खानपिन र औषधि जोड्न साह्रै अप्ठ्यारो भएको छ ।’

प्रदेश २ सरकारले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आरतीलाई मधेस भवनमा बोलाएर सम्मान गर्‍यो । तर, उनको उपचार वा जीवनयापनका लागि कुनै सहयोग नगरेको सुबोधले बताए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *