मुख्य समाचार

कीर्तिपुरमा पौडी खेल्दा डुबेर २ बालकको मृत्यु

kirtipur accident

२० चैत, काठमाडौं । काठमाडौंको कीर्तिपुरमा पौडी खेल्दा डुबेर दुई बालकको मृत्यु भएको छ । कीर्तिपुर नगरपालिका–६ टौदहस्थित पोखरीमा बिहिबार चारजनासँगै पौडी खेल्न गएका मध्ये दुईजना पोखरीबाट निस्कने क्रममा चिप्लेर डुबेका हुन् ।

डुबेर ज्यान गुमाउनेमा ८ बर्षीय कृष मगर र ११ बर्षीय प्रशान्त सुनुवार छन् । उनीहरुको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) प्रमेश विष्टले जानकारी दिए ।

सिंचाईका लागि बनाएको पोखरीमा बालकहरु पौडी खेल्न गएका थिए । नेपाल प्रहरीको बिपद् ब्यवस्थापनको उद्दार टोली र वृत कीर्तिपुरबाट खटिएका उद्दारकर्ताले करिब १५ फिट गहिरो पोखरीबाट शव निकालेका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *