मुख्य समाचार

पेप्सीकोलामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु

road accident

२० चैत, काठमाडौं । काठमाडौंको पेप्सीकोलास्थित छाप्रोमा कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

शुक्रवार बा.१० च २८६४ नम्बरको कार दुर्घटना हुँदा २० वर्षीय डितम गुभाजुको मृत्यु भएको ट्राफिक प्रहरी महाशाखाका एसपी श्यामकृष्ण अधिकारीले बताए । मुलपानीबाट जडिबुटीतर्फ आउँदै गरेको कार अनियन्त्रित भएर सडकको बारमा ठोेक्किएको थियो ।

कार चालक  विरेन्द्र राज श्रेष्ठलाई महानगरीय प्रहरी वृत नयाँ बानेश्वरले पक्राउ गरेको छ । उनलाई सवारी ज्यान अन्तर्गतको कसुरमा मुद्दा चलाइने महानगरीय प्रहरी वृत नयाँ बानेश्वरले जनाएको छ । डितमको शव ट्रमा सेन्टरमा राखिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *