मुख्य समाचार

मन्त्रिपरिषद् बैठकका दुई निर्णय : विज्ञापन बोर्डमा हुमागाईं नियुक्त

cabinet new push 10

२० चैत, काठमाडौं । सरकारले विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईंलाई नियुक्त गरेको छ । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकले सुचना तथा सञ्चार प्रविधि मन्त्रालयको प्रस्तावमा बोर्ड अध्यक्षमा हुमागाईंलाई नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।

हुमागाईं यसअघि नेपाल टेलिभिजनको महाप्रवन्धकमा पनि खुला प्रतियोगिताबाट प्रवेश गरेका थिए । उनी अहिले ईमेज च्यानल प्रालिको कार्यकारी प्रमुखको रुपमा कार्यरत रहेका छन् ।

अध्यक्षका लागि तीन जनाको आवेदन परेको थियो । जसमा हुमागाईंसँगै लेखनाथ शर्मा (पंगेनी) र रमेशकुमार खड्का थिए । सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले फागुन २० गते मात्रै सूचना जारी गर्दै विज्ञापन बोर्डको अध्यक्ष बन्न इच्छुक व्यक्तिहरुलाई आवेदन माग गरेको थियो

त्यस्तै सरकारले राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिको अध्यक्षमा डा. किरण पौडेललाई नियुक्त गरेको छ । समितिका सदस्यहरूमा पूर्व जर्नेल बाबुकृष्ण कार्की सहित डा. सुस्मिता ढकाल, शशी शर्मा र भेषराज आचार्य बरुणलाई नियुक्त गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस