खेलकुद समाचार

कोरोना संक्रमण भएपछि सचिन तेन्दुलकर अस्पताल भर्ना

sachin tendulkar

२० चैत, काठमाडौं । भारतका पूर्व दिग्गज क्रिकेटर  सचिन तेन्दुल्करलाई कोरोना संक्रमण भएपछि अस्पतालमा भर्ना भएका छन् । सचिनले एक ट्वीटमार्फत् यसबारे जानकारी दिएका छन् ।

उनले लेखे, ‘कडा सावधानीको रुपमा र चिकित्सकको सल्लाहपछि म अस्पताल भर्ना भएको छु । म केही दिनमा नै घर फिर्ता हुने आशा गर्छु । तपाईंहरु सबै आफ्नो ख्याल राख्नुहोस् र सुरक्षित रहनुहोस् ।’

सचिन तेन्दुल्करले सबै भारतीय र भारतीय क्रिकेट टिमलाई सन् २०११ विश्व कपको जीतको १० वर्ष पूरा भएकोमा बधाई पनि दिएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *