खेलकुद समाचार

सरकारले त्रिदेशीय कप फुटबलका विजेतलाई जनही चार लाख दिने

nepal win football match

२० चैत, काठमाडौं । सरकारले त्रिदेशीय कप फुटबलका विजेता खेलाडीलाई जनही चार लाख दिने निर्णय गरेको छ । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।

बैठकले विजेता खेलाडीलाई जनही रु चार/चार लाख दिने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिएका छन् । सोमबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको फाइनल खेलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै त्रिदेशीय कप फुटबलको उपाधि जितेको थियो ।

नेपालका लागि सन्जोग राई र विशाल राईले गोल गरेका थिए । ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको नेपालले पाँच हजार डलर पुरस्कार प्राप्त गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *