मुख्य समाचार

माधव नेपाल लगायतका नेताहरुमाथि कारबाही गर्ने ओलीको निर्णयको भर्त्सना

bhim rawal

२० चैत, काठमाडौं । एमाले नेपाल-खनाल पक्षको स्थायी समिति बैठकले वरिष्ठ नेता माधव नेपालसहित चार नेताहरूमाथि गरेको कारबाही भर्त्सना गरेको छ । शुक्रबार बसेको स्थायी समिति बैठकले ओलीको कदमको भर्त्सना गरेको हो ।

ओलीले बिहीबार नेताहरु घनश्याम भुसाल र नेता सुरेन्द्र पाण्डेलाई पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेका थिए । कलंकीस्थित मेगा ब्ल्याङ्केटमा चलिरहेको बैठकबारे सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता भीम रावलले एमालेको नवौं महाधिवेशनले तय गरेको विधानविपरीत एकलौटी रुपमा महाधिवेशन आयोजक समिति गठन गरेर अवैध अध्यक्ष बनिसकेका ओलीले कारवाही गर्नुको अर्थ नरहेको बताए ।

बैठकमा स्थायी कमिटी सदस्यहरुले धारणा राख्ने क्रम जारी छ । नेता झलनाथ खनाल, अष्टलक्ष्मी शाक्य र गोकर्ण विष्ट भने बैठक स्थलबाट बाहिरिसकेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *