मुख्य समाचार

अनुसन्धानले भन्छ: स्यानिटाइजरले क्यान्सर हुनसक्छ ?

sanitizer

२१ चैत, काठमाडौं । कोरोनाको कारण गत वर्षदेखि संसारमा स्यानिटाइजरको प्रयोग युद्धस्तरमा बढेको छ । तर, अमेरिका भएको एक शोधमा भने स्यानिटाइजरमा प्रयोग हुने बेन्जीन नामक एक प्रकारको रसायनलाई  क्यान्सरको कारक मानिएको छ ।

वेलिजर नामक अमेरिकी अनलाइन फार्मेसी कम्पनीले यस्तो दाबीसमेत गरेको छ । यो कम्पनीले मेडिकलसँग सम्बन्धित विभिन्न उत्पादन बारे जाँच गर्ने गर्छ । वेलिजरले यस प्रयोगमा १६८ ब्राण्डको २६० बोतलमध्ये २१ बोतलमा बेन्जीनको मात्रा अत्यधिक पाएको थियो । कम्पनीले यी ब्राण्डको नामबारे पनि जानकारी दिएको छ ।बेन्जीन अत्यधिक पाइएका सेनिटाइजर जेलका रुपमा थिए ।

यस शोधलाई यल युनिभर्सिटिको केमिकल एण्ड बायो फिजिकल इन्स्ट्रुमेण्ट सेन्टर तथा बोस्टन एनालिटिकल नामक एक निजी ल्याबले पनि सही ठहर्‍याएको छ । सेनिटाइजरमा बेन्जीनको मात्रा कसरी आयो भन्ने बारेमा थाहा नभएपनि यसलाई प्युरिफेकशनको दौरान प्रयोग गरिएको हुनुपर्छ । अमेरिकाको क्यान्सर सोसाइटिका अनुसार यसले ल्युकेमिया जस्तो ब्लड क्यान्सरको खतरा हुन्छ ।

साथै अमेरिका तथा चीनमा तयार गरिएका सेनिटाइजरमा भने बेन्जीनको मात्रा अत्यधिक पाइएको थियो । वेलिजरका अनुसार स्यानिटाइजर बनाउने प्रक्रियाको अन्तिम चरणमा बेन्जीन हटाउनु पर्ने हुन्छ । तर, केही कम्पनीले भने यस प्रक्रियालाई छोडेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस