समाचार

नेपालका मिडियाले विश्वसँग प्रतिस्पर्धा गर्नुपर्छः अध्यक्ष तिमिल्सिना

ganesh timilsina

२० चैत, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको मिडिया विश्वसामु प्रतिस्पर्धामा पुग्नुपर्ने बताएका छन् । शुक्रबार संसदीय मामिला पत्रकार समाजको नवनिर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरणको कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले नेपालको मिडियालाई दुनियाँले सुन्ने बनाउनुपर्नेमा जोड दिए ।

सही सूचनालाई विश्वभर पुर्याउने काममा पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने पनि उनले बताए । कमी कमजोरीहरूलाई सच्याएर अघि बढ्ने कुरामा ध्यान दिन पनि अध्यक्ष तिमिल्सिनाले सुझाव दिए । उनले भने, ‘सही सूचनाहरूलाई दुनियाँ भर पु¥याउने काममा पनि यहाँहरुको भूमिका हुनुपर्छ । अझै त्यो बढ्दै जाओस् र कमी कमजोरीहरूलाई सच्याएर अगाडी जाओस् भन्ने कुरालाई ध्यान दिएर लानुपर्ने हुन्छ । मिडियामा पनि उच्चतम नमुना दिनसक्ने देश भनेर बनाउने कुरातिर पनि यहाँहरूले सोच्नु भा छ कि ? नभए नी सोचि दिनुहोला ।’

मिडियाबाट आएका समाचारहरूबाट पनि सांसदहरुले आफूलाई सुधार गर्ने गरेको उनले बताए । संसदको गतिविधिहरुलाई जनता समक्ष पुर्याउन पत्रकार तथा मिडियाहरुको महत्वपूर्ण भूमिका रहेको पनि बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *