मुख्य समाचार

काँग्रेसले सुनिल थापालाई दियो १० हजार क्रियाशील सदस्य

sunil thapa

२० चैत, काठमाडौं । नेपाली कांग्रेसले विभिन्न जिल्लामा राप्रपाबाट आएका साढे १० हजार कार्यकर्तालाई क्रियाशील सदस्यता दिने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकअघि सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पाैडेल पक्षबीचकाे छलफलले यस्तो सहमति गरेको हो । विभिन्न ४८ जिल्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नेपाली कांग्रेस प्रवेश गरेका नेता कार्यकर्ताकाे व्यवस्थापनका लागि क्रियाशील सदस्यता थप गर्ने सहमति दुवै पक्षबीच जुटेको हो । राप्रपा परित्याग गरी गत भदौमा थापा समूह नेपाली काँग्रेस प्रवेश गरेको थियो ।

उनीहरुको व्यवस्थापनका लागि देउवा–पौडेलबीच सहमति जुटेको छ । यस्तै अधिवेशन सम्बन्धि कार्यतालिका प्रभावित नहुने गरी क्रियाशील सदस्यता केन्द्रमा पठाउने मिति हेरफेरको हुने भएको छ । चैत १० सम्म क्रियाशील सदस्यता बुझाउने समयसीमा तोकिएकोमा अब वैशाख पहिलो सातासम्म समय थप्ने विषयमा देउवा–पौडेलबीच सहमति भएको छ ।

केन्द्रीय कार्य समिति बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले समितिकाे प्रतिवेदन पेस गर्ने तयारी गरेका छन् । आगामी महाधिवेशन तथा समसामयिक राजनीतिबारे छलफल गर्न कांग्रेसले केन्द्रीय कार्य समिति बैठक बोलाएको थियो । तर बैठक अझसम्म सुरु भएको छैन ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस