कर्पोरेट

नबिल बैंक र आर एन्ड डी इनोभेटिभ सोलुसन्स्बीच सम्झौता

nabil and rnd

२० चैत, काठमाडौं । नबिल बैंक र आर एन्ड डी इनोभेटिभ सोलुसन्स् प्रालिबीच कृषि प्राविधिकहरुलाई आवश्कताअनुसार बैंकको कर्जा नीतिको अधिनमा रहेर विभिन्न बैंकिङ सेवाहरु प्रदान गर्ने सम्झौता भएको छ ।

साझेदारीमा हस्ताक्षर गर्दै नबिल बैंक एसएमई तथा लघुवित्त प्रमुख निरज कुमार बस्नेत (डनिल)ले बैंकले सदैव दिगो बैंकिङलाई प्राथमिकता दिइरहेको र कृषि क्षेत्रमा लगानी गर्दा कृषि व्यवसायको दिगो विकासलाई सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

आर एन्ड डीका अध्यक्ष सुनिता न्हेम्हाफूकीले नेपालको कृषि क्षेत्रको मुख्य समस्यामध्ये कृषि विषय अध्ययन गरेकाले नै कृषि व्यवसाय वा उद्यम सञ्चालन गर्न रहेको बताइन् । सोलुसनले कृषि उद्यमशीलता विकासका लागि कृषि प्राविधिकहरुसमक्ष वित्तीय पहुँचसहितको कृषि उद्यमशीलता विकास कार्यक्रम ल्याएको उनले बताइन् ।

आर एन्ड डी इनोभेटिभ सोलुसनले उद्यम गर्न चाहने प्राविधिकहरुको छनोट गरी उद्यमशीलता विकाससम्बन्धी आधारभूत तालिम दिई बैंकसमक्ष सहुलियत कर्जाका लागि सिफारिस गर्नेछ । ती सिफारिस भएका प्राविधिकहरुको व्यावसायिक योजनाका आधारमा १० लाखसम्मको सहुलियत दरको कर्जा नबिल बैंकले उपलब्ध गराउने जनाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *