समाचार

पछिल्लो २४ घण्टामा थपिए १७९ संक्रमित, १११ संक्रमणमुक्त

Corona Kathmandu

२० चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा कोभिड–१९ का १७९ संक्रमित थपिएका छन् ।

तीन हजार ५६५ वटा नमुनाको पीसीआर परीक्षण गरिएकोमा १७९ जनाको नतिजा पोजिटिभ आएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ७७ हजार ६४० पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा १११ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७२ हजार ९६२ पुगेको छ । नेपालमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु पुष्टि भएको छैन ।

नेपालमा कोभिड–१९ का कारण हालसम्म तीन हजार ३१ जनाले ज्यान गुमाइसकेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *