
२० चैत, गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकामा आज एक बालिकाको जलेर मृत्यु भएको छ ।
धुर्कोट गाउँपालिका–७ वाग्ला धाराखोलीकी ९ वर्षकी संगीता परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए ।
शुक्रबार घर नजिकैको खोलामा नुहाएर घर फर्किने क्रममा सल्ला सामुदायिक वनको डढेलोमा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस